ईन्फा अवार्डको उत्कृष्ट पाँच मनोनयन सार्वजनिक

फिल्म । ‘तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा) २०२६’ अन्तर्गत विभिन्न २१ प्रतिस्पर्धात्मक विधाको उत्कृष्ट पाँच (टप ५) मनोनयन सार्वजनिक गरिएको छ । इनफा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा गत शनिवार काठमाडौंस्थित होटल याक एन्ड यतीमा आयोजित कार्यक्रममा मनोनयन सार्वजनिक गर्नुका साथै उत्कृष्ट पाँचभित्र पर्न सफल कलाकार तथा फिल्मकर्मीलाई प्रमाणपत्र वितरण गरिएको हो ।

आयोजकका अनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली फिल्ममध्ये वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी र वरिष्ठ सम्पादक तथा गीतकार करुण थापाको निर्णायक मण्डलले गरेको मूल्याङ्कनका आधारमा मनोनयन छनोट गरिएको हो ।

कार्यक्रममा निर्णायक हरिहर शर्मा र गौरी मल्लले अवार्ड प्रक्रिया पूर्ण रूपमा निष्पक्ष, पारदर्शी र विश्वसनीय रहेको बताउँदै विजेता छनोटमा आयोजकको कुनै हस्तक्षेप नहुने स्पष्ट पारे । अवार्डका संयोजक मनिष कार्कीले बेलायतमा सफलतापूर्वक सम्पन्न दुई संस्करणपछि यसपटक पहिलो पटक नेपालमा अझ भव्य रूपमा अवार्ड आयोजना गर्न लागिएको जानकारी दिए । उनका अनुसार ईन्फाको उद्देश्य नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नु र विश्वमाझ यसको पहिचान स्थापित गर्नु हो ।

यसै अवसरमा नेपाली फिल्म क्षेत्रमा पुर्‍याएको योगदानको सम्मानस्वरूप वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार १११ रुपैयाँ राशिको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने घोषणा गरिएको छ । उक्त पुरस्कार एचटीआर केयर एन्ड रिक्रुटमेन्टको प्रायोजनमा प्रदान गरिनेछ । आगामी साउन ३० गते काठमाडौंस्थित होटल याक एन्ड यतीमा हुने अवार्ड समारोहको प्रत्यक्ष प्रसारण प्राइम टेलिभिजनबाट गरिने आयोजकले जनाएको छ ।

उत्कृष्ट पाँच मनोनयन

उत्कृष्ट चलचित्र आबाट आमा – चन्द्र पन्त ऊनको स्विटर – आर्टमाण्डु नेपाल कोशेढुंगा – पदमबहादुर श्रेष्ठ जेरीः अन टप – सरोज न्यौपाने परान – रञ्जित आचार्य, शेखर गोल्छा उत्कृष्ट निर्देशक दीपकप्रसाद आचार्य – परान नवीन चौहान – ऊनको स्विटर सरोज पौडेल – कोशेढुंगा सुदिप्ता – रमिताको पिरती सुयोग गुरुङ – जेरी अन टप उत्कृष्ट अभिनेता अनमोल केसी – जेरी अन टप नाजिर हुसेन – गुन्यु चोलो नीर शाह – परान पल शाह – आबाट आमा विपिन कार्की – ऊनको स्विटर उत्कृष्ट अभिनेत्री आना शर्मा – रमिताको पिरती जसिता गुरुङ – जेरी अन टप मिरुना मगर – ऊनको स्विटर रिश्मा गुरुङ – रिमै सुरक्षा पन्त – कोशेढुंगा चरित्र अभिनेत्री कविता आले– जनै हराएको मान्छे लक्ष्मी गिरी – श्री बुकुरो विपना थापा – आ बाट आमा रमा थपलिया – जन्ते बाख्रो ऋचा शर्मा – बलिदान चरित्र अभिनेता लोकेन्द्र लेखक – जन्ते बाख्रो माओत्से गुरुङ – रिमै माओत्से गुरुङ – ऊनको स्विटर वुद्दि तामाङ – माइतीघर सन्तोष पन्त – हर्ष उत्कृष्ट द्वन्द्व निर्देशक राजु तामाङ – नरसिंहा अवतार सम्राट बस्नेत, राजु तामाङ –जेरी अनटप श्री श्रेष्ठ – परिवर्तन श्री श्रेष्ठ – राम नाम सत्य श्री श्रेष्ठ र स्टनर शाम – बलिदान उत्कृष्ट खलपात्र अर्जुन जंग शाही – मोहर दिव्यदेव पन्त – हरिबहादुरको जुत्ता प्रवीण खतिवडा – कोशेढुंगा हेमन्त बुढाथोकी – बलिदान सृष्टि श्रेष्ठ – द ब्लूलाइट उत्कृष्ट छायांकार चिन्तन राजभण्डारी – ऊनको स्विटर दुलिप रेग्मी – जेरी अन टप नरेन्द्र मैनाली – द ब्लू लाइट सुसन प्रजापति – माइतीघर शैलेन्द्र डी कार्की– रिमै उत्कृष्ट सह–अभिनेता आर्यन सिग्देल – कोशेढुंगा प्रकाश दाहाल – अभिमन्यू प्रकाश सपुत – माइतीघर विनय श्रेष्ठ – रमिताको पिरती बुद्धि तामाङ – भाइरल गोर्खे उत्कृष्ट सह–अभिनेत्री आँचल शर्मा – जेरी अन टप उपासनासिंह ठकुरी – के घर के डेराः घर नम्बर २ गौमाया गुरुङ – रिमै प्रियंका कार्की – हरि बहादुरको जुत्ता रेणुनाथ योगी – रमिताको पिरती उत्कृष्ट पाश्र्व संगीत एलिस कार्की र शैलेन्द्र – आबाट आमा बज्र क्रियसन – ऊनको स्विटर मोहक श्रेष्ठ – द ब्लू लाइट रोहित शाक्य – रिमै रोमन बज्राचार्य र निकेश – रमिताको पिरती उत्कृष्ट नव- अभिनेत्री उषा उप्रेती – आबाट आमा खुशी कार्की – रामनाम सत्य विनिता कार्की – पीआर विना राउत – मन विनाको धन श्यामाश्री शेर्पा – माइतीघर उत्कृष्ट नव–अभिनेता अशोक दर्जी – मन विनाको धन मन्जिल कुमार – कोशेढुंगा विमोचन दवाडी– झरीपछिको इन्द्रेणी समीर श्रेष्ठ – रमिताको पिरती सुरज पौडेल – पीआर उत्कृष्ट पाश्र्व गायिका झुमा लिम्बु – ऊनको स्विटर मनिषा सुनार – नरसिंहा अवतार रचना रिमाल – राम नाम सत्य सिम्रन परियार – सिटामोल सोनिया बराइली – जेरी अन टप उत्कृष्ट पाश्र्वगायक एसडी योगी – राम नाम सत्य बाबुल गिरी – सिटामोल रवि ओड – आ बाट आमा साइराज खती – नरसिंहा अवतार सुजन चापागाईं – ऊनको स्विटर उत्कृष्ट गीतकार गोविन्द भट्ट – सिटामोल प्रभा बर्तौंला – मोहर बाबुल गिरी – हामी तीन भाई बुद्धि सागर – के घर के डेराः घर नम्बर २ हर्क साउद – ऊनको स्विटर उत्कृष्ट पटकथा ओम प्रतिक – मोहर नविन चौहान र सुरज – ऊनको स्विटर बुद्धि सागर – के घर के डेराः घर नम्बर २ विश्वास तिमिल्सिना – जेरीः अन टप सुदिप्ता अधिकारी – रमिताको पिरती उत्कृष्ट सम्पादन कृष्ण भण्डारी – ऊनको स्विटर नहकुल खड्का – हरि बहादुरको जुत्ता निमेष श्रेष्ठ – जेरी अन टप बन्दे प्रसाद – राम नाम सत्य सुनिल सिवाकोटी – रमिताको पिरती उत्कृष्ट नृत्य निर्देशक कविराज गहतराज – सिटामोल किरण थापा – जेरी अन टप रामजी लामिछाने–मोहर स्मृति तिमिल्सिना – कोशेढुंगा सियोन श्रेष्ठ – राम नाम सत्य
कमेन्ट गर्नुहोस्