प्राविधिकलाई करिश्माले बाँडिन् राहत

फिल्म । कोरोना भाइरसका कारण सिर्जित अवस्थाले गर्दा फिल्म सम्बन्धि सम्पूर्ण गतिविधि ठप्प हुँदा समस्यामा परेका फिल्म प्राविधिकहरुलाई सहयोग जुट्ने क्रम बढ्दै गएको छ । केहि दिनयता फिल्मका कलाकारहरुले प्राविधिकलाई मदत गरिरहेका छन् । यसै लिस्टमा थपिएकी छिन् सदाबहार नायिका करिश्मा मानन्धर । करिश्माले बिहीवार आफ्नै उपस्थितिमा ३० जना प्राविधिकको परिवारलाई राहत वितरण गरेकी छन् । उनले चामल, दाल, तेल, नुनसँगै खाना पकाउने ग्यास भर्नका लागि जनही १५ सय सहयोग गरेकी हुन् ।

नेपाल चलचित्र प्राविधिक संघको सहकार्यमा प्राविधिकलाई राहत वितरण गर्दै उनले प्राविधिकहरु फिल्मकर्मीको घरको सदस्य भएकाले सबैले सकेको सहयोग गर्न आग्रह गरेकी छन् । प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले महामारीको समयमा प्राविधिकहरु सबैभन्दा बढी मार्कामा परेकाले सहयोगका लागि अपिल गरेका छन् ।

कमेन्ट गर्नुहोस्