‘स्याउलि बजारमा’ पलसँग कोमल

सङ्गीत । पछिल्लो समय दर्शक-श्रोतामाझ चर्चामा रहेका गायक बिशाल सोनी र गायिका शान्तारानी परियारको स्वरमा नयाँ गीत ‘स्याउलि बजारमा’ सार्वजनिक गरिएको छ । बिशाल र शान्तारानी दुबैको चर्चा हालै भए पनि उनीहरूको सांगीतिक यात्रा भने दशकभन्दा लामो रहेको छ । बिशाल सोनी नेपाली सांगीतिक क्षेत्रमा एक दशकभन्दा बढी अनुभव बोकेका गायक हुन्।

उनलाई करिब सात महिनाअघि सार्वजनिक भएको गीत ‘मकै बारी दर्याम दर्याम’ ले व्यापक चिनाएको थियो। त्यस्तै, शान्तारानी परियारलाई एक वर्षअघि सार्वजनिक गीत ‘मत ढले ढले’ ले दर्शकमाझ लोकप्रिय बनाएको हो। पछिल्लो समय यी दुवै कलाकारलाई दर्शकले निकै रुचाइरहेका छन्।

भर्खरै सार्वजनिक गरिएको ‘तानातान हानाहान स्याउलि बजारमा’ बोलको गीतमा बिशाल र शान्तारानीको स्वर रहेको छ। गीतको हुकलाइन बिशाल सोनीकै रहेको छ भने शब्द रचना लोकप्रिय गीतकार नेत्र अर्यालले गरेका छन्। गीतमा नन्दु परियारको संगीत तथा एचबिएन किस्मतको एरेन्ज रहेको छ।

गीतको भिडियो पनि दर्शकलाई रमाइलो अनुभूति दिलाउने शैलीमा निर्माण गरिएको छ। भिडियोमा नेपाली फिल्म क्षेत्रका चर्चित अभिनेता पल शाह र मोडल कोमल नेपालीको जोडी देख्न सकिन्छ। यसअघि पनि केही म्युजिक भिडियोमा काम गरिसकेकी कोमल नेपालीले यस गीतमा थप मिहिनेतका साथ काम गरेको बताएकी छन्। पल शाहसँग काम गर्न पाउँदा आफू निकै खुसी भएको उनले व्यक्त गरिन्।

भिडियोमा गायक बिशाल सोनी स्वयंले पनि मोडलिङ गरेका छन्।नवराज उप्रेतीले खिचेको भिडियोको सम्पादन मिलन विश्वकर्माले गरेका हुन् भने निर्देशन मौसम हिमालीले गरेका छन्।

कमेन्ट गर्नुहोस्