राजुले ल्याए ‘तिम्रो साथ विना’ (भिडियो )

संगीत । गायक राजु लामाको स्वर रहेको गीत ‘तिम्रो साथ विना’ गत शुक्रवार एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ । काठमान्डौको दरवारमार्गस्थित एक क्याफेमा सार्वजनिक गरिएको गीतमा कुमार स्याङग्बाको शब्द रचनालाई निमा लामा दोङले संगीत भरेको छन् । गीतमा मंगोलियन हर्टका भोकलिस्ट राजु लामासँगै गायिका निर्मला घिसिङको पनि स्वर समावेश छ ।

दोलखाको पर्यटकीय स्थल कालिञ्चोक आसपास छायांकन गरिएको गीतमा आसमान तामाङ वाईबा र अमिता दोङको अभिनय रहेको छ । अजय स्याङताङले निर्देशन गरेको गीतलाई विक्रम मोक्तान र चक्र महर्जनले खिचेका हुन् ।

कमेन्ट गर्नुहोस्