कमेन्ट गर्नुहोस्
सुरज बने ‘स्याटेलाइट शंकर’ (भिडियो)

फिल्म । बलिउडमा सलमान खानको फिल्म ‘हिरो’ मार्फत डेब्यु गरेका सुरज पंचोली अभिनित दोस्रो फिल्म ‘स्याटेलाइट शंकर’ को ट्रेलर रिलिज भएको छ । उनका गडफादर सलमानलेनै ट्विटर मार्फत यसको जानकारी गराएका हुन् ।
सुरजलाई बलिउडमा गाइड गरिरहेका सलमानले उनलाई सफलताको शुभकामना समेत दिएका छन् । प्रेमिका जिया खानले सुसाइट गरेपछि बिबादित बनेका सुरजलाई मिडिया अगाडी उभिने साहस सलमानले दिएका थिए । फिल्मलाई इरफान कमालले निर्देशन गरेका छन् भने यसलाई दर्शकले नोभेम्बर १५ मा हेर्न पाउनेछन् ।






