‘मिस एण्ड मिसेज डिश्याविलिटी क्वीन २०२१’ हुँदै

0 Shares

फेशन । अपाङ्गता भएको व्यक्तिहरुको क्षमता र उहाँहरुमा लुकेर रहेको प्रतिभा निखार्ने र समाजमा उनीहरुलाई फरक चिनारी बनाउन सहयोग पुर्याउने उदेश्यले सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेज डिश्याविलिटी क्वीन २०२१’ आयोजना हुने भएको छ । अपाङ्गता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपाल र ग्रिन आर्ट मिडिया प्रालिको संयुक्त प्रतियोगिता आयोजनामा हुन लागेको हो । शुक्रबार सानेपास्थित हेरिटेज गार्डेनमा एक कार्यक्रम आयोजना गर्दै आयोजकले प्रतियोगिताको विभिन्न पक्षको जानकारी गराएको छ ।

कार्यक्रममा काठमाडौँ लाइन्स क्लब आफ काठमाडौ क्यापिटलका पूर्व अध्यक्ष तथा समाजसेवी किशोरभक्त श्रेष्ठले प्रतियोगिताले अपाङ्गता भएको व्यक्तिलाई समाजमा अगाडि बढाउन मद्दत पुग्ने बताए । उनले आफुले अपाङ्गता भएको व्यक्तिलाई अगाडि बढाउने कार्यक्रममा हरहमेसा सहयोगका लागि अगाडि आउने जानकारी दिए ।त्यस्तै ग्रीन आर्ट मिडियाका सिइयो प्रविन लाकौले आपाङ्गता भएको ब्यक्तिलाई पनि समाजमा अगाडि ल्याउनुपर्छ भनेर प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले प्रतियोगिताको अपाङ्गता भएका व्यक्तिले भरपुर उपयोग गर्नुपर्ने धारणा ब्यक्त गरे ।

अपाङ्गता भएका व्यक्तिहरुको सांस्कृतिक समाज नेपाल (सि.एम.पि.डि नेपाल)का सभापति सरिता थुलुङ्ले प्रतियोगिताले अपाङ्गता भएको व्यक्तिलाई अगाडि लयाउन मद्दत पुग्ने भएको आफुले सहकार्य गरेको बताइन् । प्रतियोगिताको लाभ अपाङ्गता भएको व्यक्तिले उठाउनुपर्ने धारणा उनको रहेको थियो । उनले अपाङ्ता भएको ब्यक्तिलाई फरक क्षमता भएको ब्यक्ति भन्ने गरिए पनि उनीहरुलाई अपाङ्गता भएको व्यक्तिकै रुपमा सम्बोधन गर्नुपर्ने उनको धारणा रहेको थियो ।

आगामी चैत्र २१ गते हेरिटेज गार्डेन सानेपामा आयोजना हुने प्रतियोगितामा अनिला श्रेष्ठको कोरियोग्राफी रहनेछ । प्रतियोगितामा शीर्ष सहित विभिन्न उपविधामा बिजेता छानिने र विजेताले बिभिन्न पुरस्कार समेत जित्नसक्ने आयोजकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्