फिल्म । बलिउडमा रोमान्स किंग भनेर चिनिने शाहरुख खान पछिल्लो समय सफलताको खोजिमा छन् । त्यसैले शाहरुखले जिरोपछी फिल्ममा काम गरेका छैनन् । किनकी उनले काम गरेका फिल्मले सफलता पाउन सकेका छैनन् । यसैले गर्दा पनि शाहरुखले आफुलाई निर्देशकको जिम्मा लगाउन सकेका छैनन् । तर यतिबेला उनले गर्न लागेको नयाँ फिल्मको खबरले बि-टाउनमा राम्रो चर्चा पाइरहेको छ । शाहरुख यतिबेला बलिउडका राम्रा निर्देशकको सुचीमा पर्ने राजकुमार हिरानीसँग काम गर्न खोजिरहेका छन् ।
लभ स्टोरी फिल्ममा राजकुमारसँग शाहरुखले सहकार्य गर्न लागेका हुन् । निर्देशक हिरानी पनि शाहरुखलाई सुहाउँदो कथा भएकोले काम गर्न तयार भएका छन् । शाहरुखले कथा पनि रुचाएका छन् । बलिउडमा धर्मराउँदो रनबीरको करियरलाई ‘संजु’ बाट माथि उठाउने श्रेय निर्देशक हिरानीलाई नै जान्छ । अब हेरौ , शाहरुखको करियरमा उनको भूमिका कस्तो हुन्छ । कमेडी र सोसल ड्रामा निर्देशन गर्दै आएका हिरानीले लभ स्टोरीलाई देखाउन लागेका हुन् । (एजेन्सी)