फिल्म। हल रिलिजको समयमा दर्शक तथा समीक्षकबाट सकारात्मक प्रतिक्रिया पाएको ‘प्रेमगन्ज’ फिल्म ओटीटीमा रिलिज हुने भएको छ। आउँदो नयाँवर्ष अर्थात वैशाख १ गते फिल्म सिनेमाघर एपमा रिलिज हुँदैछ। निर्माण टिमले फिल्म भित्र समावेश ‘खेलौना’ बोलको गीत सार्वजनिक गर्दै ओटीटी रिलिज बारे जानकारी दिएको हो।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्मना तेज गिरी र बेनिशा हमालको अभिनय रहेको छ । दुई कालखण्डको प्रेमकथा प्रस्तुत गर्ने फिल्ममा सम्पदा बानियाँ, नरेश पौडेल, रश्मी भट्ट, गीता अधिकारी, पवन भट्टराई लगायतको अभिनय छ । अभिनेत्री सुरक्षा पन्त अतिथि भूमिकामा छिन्।
चलचित्र चौतारीले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन भने प्रस्तुत कर्ता राजु फुयाल हुन् । फिल्ममा सञ्जय लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको थियो ।
कमेन्ट गर्नुहोस्










