प्रेमलीलामा हिन्दी गीत (भिडियो)

फिल्म । फिल्म ‘प्रेमलीला’ को गीत सार्वजनिक भएको छ । सार्वजनिक हिन्दी भर्सनको गीतमा फिल्मकी नायिका नायिका दिपशिखा खड्का र भारतीय मोडल अली खान फिचर्ड छन् । सार्वजनिक गीत‘जाने क्या हुवा ए’ मा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी रहेको छ । डाक्टर सागरको शब्दमा रवि राज शाहको संगीत रहेको उक्त गीत राजा हसन र सौमी शैलेशले गाएका हुन् ।

यसमा दीपशिखा र अलिसँगै मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायत रहेका छन् । नायिका खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा नानीमैया कार्की र फैजिल फिल्म्सको लगानी रहेको छ । फिल्म माघ २५ मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्