‘त्यहिँ सच्चा नेपाली’ मा सत्यमोहन देखि नीरसम्म

0 Shares

संगीत । फिल्म ‘यात्रा’ मार्फत निर्माणमा होमिएका निर्माता चिजकुमार श्रेष्ठले देश भावनाले ओतप्रोत गीत निर्माण गरेका छन् । राजनीतिमा समेत सक्रिय रहेका श्रेष्ठले युवापुस्तालाई देशप्रेम बढाउने हेतुले भिडियोलाई तयार गरेको जनाए । उनले पछिल्लो समयको राजनीतिक गतिविधिले वितृष्णा फैल्याएको सन्दर्भमा युवा निराश हुन् नहुने बताउछन् । ‘हामीले देश मार्फत के पायौ भन्दा पनि हामीले देशलाई के दियौ भनेर सोच्ने कि’ श्रेष्ठले भने ।

उनले गीतसंगीत मार्फत पनि सकारात्मकता बढाउन सक्ने भन्दै गीत निर्माण गरेकोमा जोड दिए । ‘त्यहिँ सच्चा नेपाली’ बोलको गीतमा गायिका देविका बन्दना तथा गायक राजन ईशानको स्वर रहेको छ ।

अभिनेत्री तथा निर्मात्रीको रुपमा सक्रिय म्युजिक भिडियोकी निर्देशक रोशनी केसीका अनुसार उक्त गीतमा ३० जना जनाभन्दा बढी लोकप्रिय कलाकारहरुले अभिनय गरेका छन् । गीतलाई आनन्द अधिकारीले रचना गरेका हुन् भने यसको संगीत गायक राजनकै रहेको छ । गीतको भिडियोमा संस्कृतिविद् सत्यमोहन जोशी देखि वरिष्ठ अभिनेता नीर शाहसम्मले अभिनय गरेका छन् । यति धेरै परिचित अनुहारहरुलाई एकसाथ अभिनय गराएकी छिन् निर्मात्री तथा कलाकार रोशनी केसीले । भिडियो निर्देशक रहेकी केसीले लोकप्रिय अनुहारको संख्या यति धेरै भिडियोमा पहिलो हुन् सक्ने सम्भावना औल्याईन । उनले भिडियोलाइ विभिन्न लोकेशनमा चार दिन लगाएर छायांकन गरेकी हुन् ।

भिडियोमा सत्यमोहन जोशी र नीर शाहसँगै गौरी मल्ल, करिश्मा मानन्धर, निर्मल शर्मा, राजाराम पौडेल, दीपाश्री निरौला, दिनेश डिसी, नम्रता सापकोटा, निराजन प्रधान, प्रशान्त ताम्राकार, आकाश श्रेष्ठ, उषा खड्गी, कविता शर्मा, दिलिप रायमाझी, देविका बन्दना, अनु शाह, छुल्ठिम गुरुङ, धीरेन शाक्य, सम्राट सापकोटा, शिवशंकर रिजाल, खुश्बु खड्का, कविता खड्का, दीपा शाक्य, रजनी केसी, दीपक घिमिरे, शिलाष्मा हमाल आदि कलाकारहरुका साथमा गायिका देविका बन्दनाले समेत अभिनय गरेकी छन् ।

रामशरण उप्रेतीद्वारा छायांकन गरिएको उक्त भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ । भिडियोमा अर्जुन जिसीको सम्पादन र रेनिश फागीको कलर करेक्सन रहेको छ ।

कमेन्ट गर्नुहोस्