सिम्बामा ‘सिंघम’ पनि !

जयहोस् । यतिबेला बलिउडका बाजिराव अर्थात रणवीर सिंह फिल्म ‘सिम्बा’ को छायाँकनमा व्यस्त छन् । फिल्ममा उनि पुलिस इन्सपेक्टरको भूमिका निर्वाह गरिरहेका छन् । साउथ इण्डियन फिल्म ‘टेम्पर’ को रिमेकमा रणवीर आफ्नो छुटै छाप छोड्न मेहनत गरिरहेका छन् । केहि वर्ष यता ऐतिहासिक तथा रोमान्टिक फिल्ममा मात्र देखिदै आएका रणवीर यसमा एक्सनस्टारको रुपमा देखिनेछन् । उनले आफुलाई यसकै लागि तयार पनि गरेका छन् । उनले सोसल मिडियामा सार्वजनिक गरिरहेको तस्वीरले लिईरहेको हाईपलाई मध्यनजर गर्ने हो भने फिल्म ‘ब्लकबष्टर’ हुने सम्भावना बढ्दै गएको छ । फिल्मको विभिन्न खबर आइरहदा एउटा नयाँ खबरले भारतीय मिडियामा चर्चा पाइरहेको छ । फिल्मको क्लाइमेक्समा बलिउडका अर्का बाजिराव अर्थात् सिंघम पनि देखिनेछन् । सिंघम सिरिज मार्फत दर्शक माँझ निडर पुलिस अफिसरको छाप छाडेका अजयले रणवीरसँग स्क्रिन शेयर गर्न राजि भएपछी यतिबेला क्लाइमेक्समा उनि थपिएका हुन् । निडर पुलिस अफिसरकै कथामा ‘सिम्बा’ तयार भईरहेको हुनाले क्लाइमेक्समा अजयलाइ पनि देख्दा दर्शक सरप्राइज हुने विश्वास निर्माण पक्षले लिएको छ । फिल्म यसवर्षको अन्त्यमा रिलिज हुनेछ ।
कमेन्ट गर्नुहोस्