यस्तो छ बीर विक्रम २ र जात्रै जात्राको शो टाइम

50 Shares

फिल्म । शुक्रबारबाट दुइ फिल्म प्रदर्शनमा आउंदैछन् , बीर विक्रम २ र जात्रै जात्रा । दुवै सिक्वेल फिल्म हुन् भने आश गरिएका पनि । यी दुइ फिल्म एकसाथ प्रदर्शनमा आउनु आफैमा राम्रो होइन तर विभिन्न कारणले डेट अगाडीपछाडी हुन् सकेन । बीर विक्रमको सफलतापछी मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म ‘बीर विक्रम २’ हो भने जात्राको सफलतापछी प्रदीप भट्टराईले ‘जात्रै जात्रा’लिएर दर्शकसामु आउंदैछन् । फिल्मको बुकिङ्ग खुलिसकेको छ भने दर्शकले आफुले हेर्ने फिल्मलाई टार्गेट गरिसकेका छन् ।

बीर विक्रम २

मिलन चाम्सको निर्देशनमा तयार भएको फिल्म हो ‘बीर विक्रम २’ । पल र नाजिरकोे प्रगाढ मित्रतामा वर्षाको अगमनपछि आउने उचारचढावमा फिल्म केन्द्रित छ । यसमा पल बीरको भूमिकामा छन् भने नाजिर विक्रमको । यसैगरी यसमा वर्षा बादलको भूमिकामा छिन् भने बुद्धि तामाङ पहिलो पटक नेगेटिभ क्यारेक्टरमा छन् । प्रदीप भारद्धाजको कथामा बनेको फिल्मका छायाँकार सुदीप बराल हुन् । अपर्ण सापकोटा निर्माता रहेको फिल्ममा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ ।

फिल्ममा हिमाल केसीको द्वन्द्व छ । फिल्मलाई राजधानीमा क्युएफएक्स च्यानल अन्तर्गत १२ शो प्राप्त भएको छ । क्युएफएक्स अन्तर्गत लबिम मलमा २ शो , सिभिल मलमा ३ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ३ शो , कुमारीमा ३ शो र जयनेपालमा १ दिएको छ । यसैगरी क्युएफएक्सकै नेपालगंजमा रहेको बागेश्वरी सिनेमामा यसलाई १ शो दिइएको छ भने क्युएफएक्सकै पोखरामा रहेको सिनेप्लेक्समा ३ , क्युएफएक्सको विर्तामोडमा रहेको वानस्टप सिनेमामा २ शो र नारायणघाटमा रहेको जालमामा ३ दिएको छ ।

राजधानीमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ३ शो , दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा २ शो , गोंगबुमा रहेको बिएसआर मुभिजमा ३ शो , सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ४ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ३ शो रहेको छ । यसैगरी मोफसलतर्फ पोखरामा रहेको मिडटाउन सिनेमामा ३ शो , हेटौडामा रहेको एनएस सिनेमामा १ शो प्राप्त भएको छ भने बुकिङ्ग खुलिसकेको छ ।

जात्रै जात्रा

प्रदीप भट्टराईलाई निर्देशनमा डेब्यु गरौअने मात्र नभई स्थापित नै गराउने श्रेय जान्छ , जात्रालाइ । यसकै सिक्वेल जात्रै जात्रा शुक्रबारबाट प्रदर्शनमा आउंदैछ । फिल्ममा निकै चर्चामा रहेको ‘३३ किलो सुन काण्ड’ लाई जोडिएको सहजै अनुमान लगाउन सकिन्छ । घटनाबाट प्रभावित भएर फिल्म निर्माण भएको हुन् सक्ने ट्रेलरका केहि दृश्यले संकेत गर्छ । सामान्य व्यक्तिले सुन पाएपछि आउने परिस्थितिलाई फिल्ममा प्रस्तुत गरिएको छ । विपिन कार्की, रबिन्द्र झा र रबिन्द्र सिंह बाँनिया सुन लुकाउन संघर्ष गरिरहेका छन् भने अभिनेता दयाहाङ राई हराएको सुन खोज्दै देखिएका छन् ।

फिल्ममा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । फिल्मका कार्यकारी निर्माता रविन्द्र सिंह बनियाँ हुन् । फिल्ममा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी छ । मित्र डि. गुरुङको सम्पादन रहेको फिल्मलाई शिवराम श्रेष्ठले खिचेका हुन् । फिल्ममा बर्षा राउत , राजाराम पौडेल , प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा शंकर महर्जन द्वन्द्व निर्देशन छ । निर्देशक भट्टराई आफैंको कथा रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा र कृष्ण भारद्वाजको संगीत छ ।

फिल्मलाई राजधानीमा क्युएफएक्स च्यानल अन्तर्गत १९ शो प्राप्त भएको छ । क्युएफएक्स अन्तर्गत लबिम मलमा ४ शो , सिभिल मलमा ४ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ३ शो , कुमारीमा ४ शो र जयनेपालमा ४ दिएको छ । यसैगरी क्युएफएक्सकै नेपालगंजमा रहेको बागेश्वरी सिनेमामा यसलाई ३ शो दिइएको छ भने क्युएफएक्सकै पोखरामा रहेको सिनेप्लेक्समा ४ , क्युएफएक्सको विर्तामोडमा रहेको वानस्टप सिनेमामा ३ शो र नारायणघाटमा रहेको जालमामा ३ दिएको छ ।

राजधानीमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिजमा ४ शो , दरबारमार्ग स्थित राइजिङ मलमा रहेको क्युज सिनेमाजमा ५ शो , गोंगबुमा रहेको बिएसआर मुभिजमा ४ शो , सुन्धारा स्थित सिटिसी मलमा रहेको सिने डी सेफमा ५ शो र चाबहिलमा रहेको केएलटावरमा अवस्थित एफक्युबमा ४ शो रहेको छ । यसैगरी मोफसलतर्फ पोखरामा रहेको मिडटाउन सिनेमामा ४ शो , हेटौडामा रहेको एनएस सिनेमामा ३ शो प्राप्त भएको छ भने बुकिङ्ग खुलिसकेको छ ।

Facebook Comments