संगीत । नयाँ गीतिसंग्रहको तयारीमा रहेका गायक नवीन के. भट्टराईले ‘सम्बन्ध’ बोलको गीत सार्वजनिक गरेका छन् । नवीनले यो गीत आफ्नै संगीत संयोजनमा तयार पारेका हुन् । गीतको शब्द राजनराज शिवाकोटीले लेखेका छन्।
‘सम्बन्ध’ उनको आगामी एल्बमका लागि तयार पारिएको गीत हो। यस गीतको भिडयो निर्देशन पनि उनैले गरेका छन्। गीतको भिडिओमा नबिनसँगै बिजिना राजभण्डारीको अभिनय देख्न पाइन्छ । भिडिओमा मन्दिप बखुंचेको सिनेमेटोग्राफी र मनोज सापकोटाको सम्पादन छ।
कमेन्ट गर्नुहोस्












