
सङ्गीत । मोडल कविता न्यौपाने, जोन बम र चक्र बम अभिनित नयाँ गीत ‘कलेजी कटाउन्या माया’ सार्वजनिक भएको छ । लामो समयदेखि सक्रिय रहि काम गर्दै आइरहेकी मोडल न्यौपानेले म्युजिक भिडियाेकाे दुनियाँमा आफ्नो छुट्टै छाप छाडेकी छिन् । उनले अहिलेसम्म थुप्रै चल्तीका कलाकारसँग दर्जनौं म्युजिक भिडियाेहरुमा काम गरिसकेकी छिन् ।
गायकद्वय महेश कुमार औजी र बादल थापाको स्वर रहेको यो गीत र भिडियाेमा सम्झौता नगरिएको निर्माण पक्षको दावी छ । भिडियाेमा कलाकारहरुको काम तारिफयोग्य छ । यो गीत आजभन्दा करिव १० वर्ष अगाडी गायक तथा संगीतकार महेश कुमार औजीले बजारमा ल्याएका थिए । गीतमा शब्द र संगीत महेश स्वयंले भरेका छन। यो गीतलाई पनि दर्शकले मन पराउने र उस्तै साथ दिनेमा महेश र बादल विश्वस्त छन।
कमल सौरागको एरेन्ज रहेको गीतको भिडियोमा कलाकारदेखि निर्माण टिमको मेहेनत झल्किन्छ। निर्माण टिमका अनुसार भिडियाे दुई दिनको यात्रा तय गरेर ढोरपाटन आरक्षण भित्र खिचिएको हो। भिडियोको सम्पादन र कलरिङ मिलन विश्वकर्माले गरेका छन् । भिडियोको निर्देशन भने पछिल्लो समयका व्यस्त निर्देशक शान थापाले गरेका छन् । भिडियाेको कन्सेप्ट पनि शानकै हो। निर्देशनमा शानलाई राजीव समरले असिस्ट गरेका छन।
त्यसै गरी, मारुनी स्टुडियाेमा रेकर्ड गरिएको गीतमा कुमार रानाको मिक्सिङ तथा मास्टरिङ,सरिता मगरको मेकअप, अनुस्का डिसिको पहिरन, टाैवा कृयसनको पोस्ट डिजाईन र बुद्ध थापाको सिनेमाटाेग्राफी छ।
