छुल्ठिमको लकडाउन

फिल्म । नेपालमा गत चैत्र ११ गतेदेखि लकडाउन छ । नेपालमा कोरोना भाइरस (कोभिड १९) को दोस्रो संक्रमित भेटिएसँगै नेपाल सरकारले लकडाउन घोषणा गरेर समाजिक दुरी कायम गर्दै महामारी रोक्ने प्रयास गरिरहेको छ । यसैले गर्दा सुरक्षाकर्मी , स्वास्थ्यकर्मी र सञ्चारकर्मी बाहेक अन्य प्राय घरमै छन् । अति आवश्यक काम बाहेक सबैले घरमै रहेर लकडाउनको पालना गरिरहेका छन् । लकडाउनको कारणले कलाकारहरु पनि आफ्नो वासस्थानमा छन् ।

लकडाउन हुनु केहि समय अगाडी मात्र वैदेशिक यात्राबाट फर्किएकी अभिनेत्री छुल्ठिम गुरुङ केहि समय सेल्फ क्वारेन्टाइनमा रहिन् । उनले त्यो समय पुर्याउनै लाग्दा लगभग सरकारले २५ जना भन्दा बढी भेला नहुन आग्रह गर्यो । त्यसपछि लकडाउन । त्यसैले गर्दा काठमान्डौमा रहेकी छुल्ठिमले यो समयलाई सदुपयोग गरिरहेकी छिन् । उनले किताब पढ्ने तथा फिल्म र वेब सिरिज हेर्ने गरिरहेको बताएकी छिन् ।

‘सिफारिस गरिएका फिल्म तथा वेब सिरिज हेर्नुका साथै किताब पढिरहेकी छु । अन्य समयमा साथीभाईले नछुटाउनु है भन्दा सुझाए पनि समय मिल्थेन । तर , अहिले समय छ त्यसले अध्यन र फिल्म हेराइमा समय वितिरहेको छ’ छुल्ठिमले भनिन् । उनले यस्तो गर्दा दिमागमा अन्य कुराहरु नखेल्ने पनि बताइन । ‘समाचार हेरेर\पढेर अपडेट पनि हुने गरेकी छु र आफ्नो स्वास्थ्यमा पनि ख्याल गरिरहेकी छु’ उनले भनिन् ।

कमेन्ट गर्नुहोस्