चिन्नुस ऋतिकको ‘सुपर ३०’(ट्रेलर)

15 Shares

फिल्म । ऋतिक रोशन अभिनित फिल्म ‘सुपर ३०’ को रिलिज मिति तय भएसंगै यसको ट्रेलर पनि सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा ऋतिकले सुपर ३० लाई उत्पादन गर्न गरेको संघर्ष र त्यागलाई देखाइएको छ । उनले इण्डियाको गरिब परिवारबाट कसरि ३० होनहारलाई विश्व सामु चिनाउछन भन्ने कथामा फिल्म आधारित छ ।

जुलाई १२ मा फिल्म रिलिज हुने फिल्ममा आकर्षण भने ऋतिक नै छन् । उनले यसै फिल्मको लागि निकै महेनत गरेका छन् । फिल्म गत जनवरी २५ मा फिल्म रिलिज हुने तयारी थियो तर उक्त डेटमा कंगना रनौत अभिनित फिल्म ‘मनिकर्निका’ रिलिज हुने भएपछी ऋतिकले नै फिल्मको डेट अगाडी सरेका थिए । यति मात्र नभई फिल्मका निर्देशक बिकास बहल मिटुमा मुछीएपछी निर्माण टिमले केहि समय फिल्मको काम समेत रोकेको थिए ।

कंगना रनौतसँग ऋतिक आन्तरिक मामिलामा मुछिएपछी निर्माण पक्षले फिल्मलाई अन्य डेटमा सारेको हो । निर्माण पक्ष ऋतिक र कंगनाको फिल्म एकसाथ रिलिज नहोस भन्ने मनसायमा छन् । फिल्ममा ऋतिकसँगै विरेन्द्र सक्सेना , मनुरल ठाकुर , नन्दीश शर्मा , पंकज त्रिपाठी लगायतको अभिनय रहेको छ । गत वर्ष ऋतिक फिल्म काबिलममा देखिएका थिए , त्यस यता उनि देखिएका छैनन् । (एजेन्सी)

Facebook Comments