कार्तिक र साराको फिल्म ‘भ्यालेन्टाइन डे’ मा

फिल्म । पछिल्लो समय बि-टाउनमा कार्तिक आर्यन र साराअलि खानलाई लिएर विभिन्न चर्चा हुने गरेको छ । बलिउडका फ्रेस अनुहार यी दुइनै एक अर्कालाई मन पराउछन भने सँगै देखिन ईच्छा रहेको अन्तर्वार्तामा बताउदै आएका छन् । यसैले गर्दा पनि यी दुइलाई लिएर मिडियामा विभिन्न गसिप आइरहने क्रम बढ्दो नै छ । पछिल्लो समय यी दुइ इम्तियाज अलिको अनटाइटल फिल्ममा काम गरिरहेका छन् । साराले सामाजिक सञ्जाल मार्फत फिल्म आउँदो वर्षको भ्यालेन्टाइन डे मा रिलिज हुने जानकारी दिएकी छिन ।

उनले फिल्मको पार्ट हुन् पाउँदा खुसि व्यक्त गरेकी छिन भने आफ्नो क्रस कार्तिकसँग फिल्म खेल्न पाउदा खुसि ब्याज गरिन । यसै गरि फिल्ममा रणदीप होडा पनि छन् । उनले क्याप्सन सहित कार्तिकसँगको तस्वीरलाई पोस्ट पनि गरेकी छिन । फ्यानले उक्त तस्वीर हेरेर दुइको जोडीलाई पर्फेक्ट भन्दै कमेन्ट गरेका छन् । यो फिल्मको नाम ‘लभ आजकल २’ पनि हुन् सक्ने बताइएको छ तर निर्माण पक्षले यसलाई नामांकन गरि नसकिएको बताईरहेका छन् ।

Facebook Comments