फिल्म। प्रदर्शनरत फिल्म ‘बहाव’ लाई नेता तथा सम्पादकले हेरेका छन्। ललितपुरस्थित एक हलमा नेकपा एमालेका केन्द्रीय सचिव तथा प्रतिनिधिसभा सदस्य योगेशकुमार भट्टरार्ई, एमाले नेता एवं प्रतिनिधिसभा सदस्य ठाकुर गैरे, उकेरा डटकमका प्रधान सम्पादक केपी ढुंगाना, नेपाल प्रेस डटकमका प्रधान सम्पादक मात्रिका पौडेल, कान्तिपुर दैनिकका सम्पादक उमेश चौहानले फिल्म हेरेका हुन्।
फिल्मको विषयवस्तु प्रगतिसिल विचार बुझन भोग्न र त्यसको कार्यन्वयन गर्न जति बुझन सजिलो छ, जति विचार बोक्न सजिलो छ यसको कार्यन्वयन गर्न गाह्रो छ भन्ने कुरा महत्वपुर्ण रहेको प्रतिक्रिया सांसद गैरेले दिए। उनले भने,’कलाकारको अभिनयले केही सोच्न बाध्य बनायो। वैदिक परम्परा, संस्कृति हाम्रो जाति भाषा रीति रिवाजका नाममा त्यसले पारेका प्रभावहरुको एउटा जर्डता चाहिँ हाम्रो समाजमा कुन तहमा छ भन्ने कुरा यो फिल्मले ब्यक्त गरेको छ।’
पुर्व मन्त्रीसमेत रहेका सांसद भट्टराईले युवाहरुको प्रयत्न सशक्त रहेको भन्दै तारिफ गरे। ‘कलाकारले गरेको कामले म जस्ता दर्शकलाई सजिलै कनेक्ट गर्यो। यसले हाम्रो नेपाली समाजका विविध आयम र घटनाक्रमहरुलाई उद्घाटीत गरेको छ’, सांसद भट्टराईले भने।
कान्तिपुर दैनिकका सम्पादक चौहानले निर्माता र निर्देशकले उच्च राजनीतिक र दार्शनिक फिल्म बनाएको बताए । ‘हाम्रो समाजमा अहिले पनि जात, वर्गहरु छन् र त्यसभित्रका अन्तरसंघर्षहरु परिवारभित्र पनि अन्तरसंघर्ष छन् । ती अन्तरसंघर्ष कस्ता छन् भन्ने कुरा फिल्मले देखाएको छ ।समाजमा कथाकथित प्रगतिशिल भनिनेहरुमा पनि अन्तरद्वन्द्व कस्ता छन् । सिद्धान्त र व्यवहारमा यो फिल्मले प्रष्ट पारेको छ’, उनले भने ।
फिल्ममा नायिका सुरक्षा पन्त र कलाकार कमलमणी नेपालले छोरी र बाबुको भूमिका निर्वाह गरेका छन् । श्रीधर पौडेलको निर्माणमा तयार भएको फिल्ममा प्रमोद कँडेलको लेखन तथा निर्देशन छ । निर्देशक कँडेलले फिल्मलाई नयाँ कोणबाट हेर्ने कोशिश गरेका छन् ।











