अगस्ट १२ मा ‘गुञ्जन सक्सेना’ (भिडियो)

39 Shares

फिल्म । पछिल्लो समय कोरोना भाइरस (कोभिड १९) कारण सिर्जित अवस्थाले हलहरु ठप्प रहदा ओटीटि भने अगाडी बढिरहेको छ । बलिउडका ठुलाफिल्महरुले ओटीटिका विभिन्न प्लेटफर्ममा फिल्म रिलिज गरिरहेका छन् । जुलाई अन्तिममा मात्र तिन नयाँ फिल्महरु शकुन्तला देवी , यारा र लुटकेस रिलिज भयो । घुमकेतु , गुलाबो सिताबो र दिल बेचारा पनि डिजिटल माध्यममा रिलिज भईसकेका छन् ।

यसमै थपिने भएको छ , गुञ्जन सक्सेना । धड्क मार्फत बलिउडमा डेब्यु गरेकी जाह्नवीको दोस्रो फिल्म भने हलमा नभई डिजिटल प्लेटफर्ममा आउन लागेको हो । धर्मा प्रोडक्सनको व्यानरमा निर्मित फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् । गुञ्जन सक्सेनाको कथा एक महिलाको हो, जो भारतको एयर फोर्समा काम गर्थिन् । सन् १९९९ को कार्गिल लडाइँमा उनले सैनिकहरूको ज्यान जोगाएकी थिइन् । फिल्मलाई नेटफ्लिक्समा यहिँ अगस्ट १२ मा हेर्न पाइनेछ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्