फिल्म । निर्देशक नविन सुब्बाको आफ्नै फिल्म इतिहास छ । रेगुलर फिल्मकर्मी भन्दा फरक रुपमा सोच्ने शैलीकै कारण निर्देशक सुब्बाका फिल्म नोटिस हुने गर्छन् । उनले खाङ्ग्री मार्फत आफुलाई निर्देशनमा परिचित गराएका थिए । शेर्पा भाषाको फिल्मपछि उनले लिम्बु भाषामा निर्मित फिल्म ‘नुमाफुङ’ निर्देशन गरे । यसपछि निर्देशक सुब्बाको परिचय झनै फैलियो । उनि केहि गर्ने सोच भएका निर्देशकको लागि प्रेरणा बने । यद्दपि उनि निर्देशित पछिल्लो फिल्म ‘गुड बाई काठमाण्डू’ रिलिज हुन् सकेको छैन । फिल्म ‘बुसान फिल्म फेस्टिभल’ मा देखाइए पनि यसले सार्वजनिक प्रदर्शनमा आउने डेट तय गरेको छैन ।
यस फिल्मलाई यतावत राख्दै निर्देशक सुब्बाले ‘गाउँ जाने बाटो’ टाइटल राखेर फिल्म निर्देशन गर्दैछन् । फिल्ममा दयाहाङ राई रहने बुझिएको छ । यद्दपी निर्माण पक्षले यसबारे अधिकारिक रुपमा जानकारी गराएको छैन । यसबारे बुझ्न खोज्दा निर्देशक सुब्बासंग पनि सम्पर्क हुन् सक्ने । यद्दपी बुझीए अनुसार फिल्मका लागि दयाले वैशाखपछिको समय समेत छुट्याएका छन् । विशेष गरि फरक कन्टेनलाई फिल्को पर्दामा देखाउन माहिर मानिने निर्देशक सुब्बाले बनाउने फिल्मलाई लिएर दर्शक मात्र नभई फिल्मकर्मी पनि उत्तिकै आशावादी हुने गर्छन । यसपटक सुब्बाको रोजाईमा कस्ता विषय परेको छ ? यो भने आउँदा दिनमा थाहा हुनेनै छ ।










