आउँदो शनिवार लगनगाँठो कस्दै ऋचा

64 Shares

फिल्म । अभिनयकै कारण चर्चामा आउने गर्छिन् ऋचा शर्मा । उनले अभिनय गरेको केहि फिल्मका क्यारेक्टरले जीवन पाएका छन् , सायद यसैले उनको चर्चा हुन्छ । नेशनल अवार्ड विनर समेत रहेकी ऋचा पछिल्लो समय प्रेमका कारण पनि चर्चामा छिन् । उनले केहि समय अघि यसैवर्ष लगनगाठो कस्ने संकेत समेत गरेकी थिइन् ।

उनले यही साता विवाह गर्दैछिन् । उनले आफ्ना प्रेमी दिपेश बिक्रम राणा अर्थात दीपेक्ष्यसँगै आउँदो शनिवार अर्थात् मङ्सिर २१ गते विवाह गर्न लागेकी हुन् । करिब दुई वर्ष लामो प्रेम सम्बन्धि पछि अभिनेत्री ऋचाले आफ्नो सम्बन्धलाई वैवाहिक जीवनको रुपमा परिणात गर्न लागेकी हुन् । ऋचा र दीपेश पछिल्लो एक वर्षदेखि डेटिङमा पनि थिए ।

सन २०१९ को नयाँ वर्ष उनीहरुले पोखरामासँगै मनाएका हुन् । त्यसपछि उनीहरुको प्रेम झनै प्रगाढ हुँदै गएको हो । क्युएफएक्स ग्रुपले ललितपुरको पुल्चोकमा लबिम मल सुरु गरेपछि त्यहाँको जनरल म्यानेजर भएका दीपेशसँग ऋचाको सोही क्रममा परिचय भएको हो । ऋचाले विवाहको जानकारी फेसबुक मार्फत दिएकी छिन् ।

कमेन्ट गर्नुहोस्