फिल्म । पछिल्लो समय एकपछि अर्को सफलताका साथ् अगाडी बढिरहेका छन् अभिनेता वरुण धवन । निर्देशक डेविड धवनका छोराको रुपमा बलिउडमा प्रवेश गरेका वरुणले आफ्नै पहिचान स्थापित गरिसकेका छन् । मै तेरा हिरो जस्ता फिल्म मात्र होइन , बदालपुर र अक्टुबर जस्ता फिल्ममा अभिनय गरेर उनले सबैको मन जितिरहेका छन् । यिनै वरुणले होम प्रोडक्सनको नयाँ फिल्म ‘कुली नम्बर १’ मा देखिने तयारी गरिरहेका छन् । स्क्रिप्टमा काम भइरहेको फिल्म रिमेक हो । कुली नम्बर वानमा गोविन्दा देखिएका थिए भने अब उक्त भूमिका वरुणले निर्वाह गर्दैछन् ।
यसअगाडी पनि उनले ‘जुडवा’ को सिक्वेलमा काम गरिसकेका छन् । यिनै वरुणसँग को-स्टार को बन्छिन् भन्ने चर्चा बि-टाउनमा राम्रै चल्यो । केहिले उनकै नजिकको साथी आलिया भट्ट फिल्ममा देखिन अड्कल पनि काटे तर अब त्यस्तो नहुने भएको छ । उनको फिल्ममा पछिल्लो वर्ष मात्र बि-टाउनमा इन्ट्री गरेकी फ्रेस अनुहार साराअलि खानले अभिनय गर्नेछिन् । वरुणको नेक्स्ट फिल्म रहेको यसको फस्टलुकको शुटिङ पनि पुरा भइसकेको छ । यसलाई वरुणको जन्मोत्सवमा सार्वजनिक गरिनेछ । फिल्मलाई वरुणकै ड्याडी डेविडले निर्देशन गर्नेछन् । (एजेन्सी)











