फोनबाटै सर्ट फिल्म

फिल्म । बलिउड अभिनेत्री ऋचा चड्डाले घरमै बसेर एउटा सर्ट फिल्म सुटिङ गरेकी छन्। लकडाउनको समयलाई सदुपयोग गर्दै उनले ‘५५ किलोमिटर पर सेकेन्ड’ नामक सर्ट फिल्मको काम सकाएकी हुन् । ‘कार्गा’ फेम आरती कदवले निर्देशन गरेकी छन्। फोनबाट सुट गरिएको फिल्ममा मुख्य भूमिकामा छिन् । यो एक चुनौतीपूर्ण काम थियो किनकि मेकअप, हेयरदेखि साउन्ड रेकर्डसम्म सबै कुरा हामी आफैंले गर्नु परेको थियो। तर यी सबै कार्य सफल भए। यो कठिन समयमा पनि सुन्दर फिल्म बनाउन सकेकोमा हामीलाई खुसी लागेको छ’ ऋचाले भनिन् ।

कमेन्ट गर्नुहोस्