विदेशमा पनि ‘प्रसाद’ को पर्खाइ

फिल्म । पछिल्लो समय फिल्म ‘प्रसाद’ को चर्चा बढ्दो छ । फिल्ममा समावेश गीत ‘लै लै’ सार्वजानिक भए लगतै आश्वादी बनाएको फिल्मको दोस्रो गीत बनकी चरी र ट्रेलरले त्यसलाई झनै माथि पुर्यायो । यतिबेला स्वदेशमा प्रतिक्षित बनेको फिल्म विदेश पनि उतिकै प्रतिक्षित छ । नेपाली फिल्म चल्ने अधिकाँस देशमा यसको डिमाण्ड भएका कारण प्रदर्शकले नेपाल प्रदर्शनसँगै फिल्म देखाउने चाजोपाजो मिलाएका छन् । पछिल्लो समय युरोपका विभिन्न सहरमा फिल्म प्रदर्शन गर्दै आएका सुरज कार्कीले फिल्म ११ देशमा प्रदर्शन हुने बताए ।

‘११ देशमा २० भन्दा बढी शो गर्दैछौ’ प्रदर्शक कार्की भन्छन ‘फिल्मको चर्चा बढ्दा शो को डिमाण्ड बढ्दो छ ।’ डायस्पोरामा नेपाली पनलाई प्राथमिकता दिइन्छ , त्यसैले गर्दा पनि प्रसाद दर्शकको रोजाई तथा खोजाईमा छ । डेनमार्क, पोल्याण्ड, माल्टा, जर्मनी, फिनल्याण्ड, अस्ट्रिया, पोर्चुगल, बेल्जियम, नर्वेलगायतका युरोपेली देशमा फिल्म प्रदर्शन हुदैछ ।

यसैगरी फिल्म अस्ट्रेलिया पनि प्रदर्शन हुदैछ । डिसेम्बर ७ देखि ९ सम्म अस्ट्रेलियाका विभिन्न सहरमा फिल्म देखाइनेछ । त्यहाँ फिल्म देखाउने चाजोपाजो गोर्खे इन्टरटेनमेण्टका नविन मानन्धरले मिलाएका छन् । नि:सन्तान दम्पतिको भोगाइ र सामाजिक वातावरणलाई फिल्ममा प्रस्तुत गरिएको छ । फिल्ममा विपिन कार्की , नम्रता श्रेष्ठ र निश्चल बस्नेत मुख्य भूमिकामा छन् । रङ्ग पत्रकार सुशील पौडेलको लेखन रहेको फिल्मलाई दिनेश राउतले निर्देशन गरेका छन् । सुभाष थापा इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा लोकेश बज्रचार्यको सम्पादन रहेको छ । फिल्म मङ्सिर २१ मा प्रदर्शन हुदैछ ।

कमेन्ट गर्नुहोस्