अजयको फिल्ममा सैफ

फिल्म । पछिल्लो समय अभिनेता अजय देवगन चर्चामा छन् । गत वर्षको अन्त्यमा रिलिज भएको फिल्म ‘सिम्बा’ मा देखिएका अजय यसवर्ष जुनमा रिलिज हुने फिल्म ‘दे दे प्यार दे’ मा देखिदैछन् । यिनै अजयको पछिल्लो समयको आफ्नो महत्वकांक्षी प्रोजेक्ट तानाजीमा व्यस्त छन् । फिल्ममा उनि मराठा साम्राज्यको सेनापति सुबेदार तानाजी मालुसरेको भूमिका निर्वाह गर्दैछन् । जहाँ उनलाई आफ्नो एन्टागोनिस्टको खोजि थियो ।

उनले अन्तत आफ्नो एन्टीहिरोको भुमिकामा अभिनेता सैफअलि खानलाई फाइनल गरेका छन् । फिल्ममा सैफले उदयभान सिंह राठौरको भूमिका निर्वाह गर्दैछन् । रेस फिल्मको दुई सिरिजमा एन्टीहिरोको भूमिका निर्वाह गरेका सैफले अजयको प्रस्तावलाई स्वीकार गर्दै सहमति जनाएका छन् । अजय पनि यसप्रोजेक्टलाई लिएर सिरियस छन् । यी दुईले अभिनय गरेको फिल्म कच्चे धांगेले पनि चर्चा पाएको थियो ।

कमेन्ट गर्नुहोस्