फिल्म । रोमान्टिक फिल्म ‘टाइटानिक’ मार्फत विश्वभर चर्चित बनेका एक्टर लियोनार्दो डी’ क्याप्रियोले फिल्म निर्माण गर्ने भएका छन् । ‘द रेभिनेन्ट’ फिल्म मार्फत अस्कार अवार्ड समेत जितन सफल लियोनार्दोले बनाउने फिल्म टाइम मेशिनको कथामा आधारित रहने बताइएको छ । उनले एचजी वेल्सको उपन्यास ‘टाइम मेशिन’ लाई पर्दामा उतार्ने तयारी समेत थालिसकेका छन् ।
वार्नर ब्रदर्स र प्यारामाउन्ट पिक्चरले मिलेर निर्माण गर्ने फिल्मलाई एन्डी मशेतीले निर्देशन गर्नेछन । यसफिल्ममा लियोनार्दो एक टाइम ट्राभल गरिरहेका यात्रीको भूमिकामा देखिनेछन् , जसले विभिन्न समयलाई देख्छ र त्यहाँको परिस्थितिलाई ठिक गर्छ । फिल्मलाई पास्ट र फ्युचर देखाइनेछ । हलिउडमा टाइम ट्राभलकै विषयमा निर्माण भएको पहिलो फिल्म हो ‘टाइम मेशिन’ । सन् १९६० मै यस फिल्मलाई जर्ज पालले निर्माण गरेका थिए । (एजेन्सी)
कमेन्ट गर्नुहोस्











