करणको प्रेमकथामा रणवीर र आलिया

फिल्म । निर्देशक करण जोहरले लभ स्टोरी फिल्म निर्माण तथा निर्देशन गर्ने भएका छन् । सोसल ड्रामा तख्तको तयारीमा रहेका करणले त्यस अगाडीनै नयाँ फिल्मको काम सकाउने भएका हुन् । उनले आफ्नो प्रेम कथालाई रणवीर सिंह र आलिया भट्टको जोडी मार्फत प्रस्तुत गर्ने भएका छन् ।

‘गल्ली ब्वाई’ देखिएको यो जोडीसंग करणले लकडाउनमै भेटघाट गरेका थिए । उनले फिल्मको कथासार पनि रणवीर र आलियालाई सुनाइसकेका छन् । यी दुवै करणसंग नजिक भएकोले फिल्म गर्नेमा दुइमत छैन । अवस्था सामान्य भएपछी आउँदो वर्षबाट फिल्मको काम अगाडी बढाउने भारतीय मिडियामा खबर छ । (एजेन्सी)

कमेन्ट गर्नुहोस्