जुनमा ओटीटीमा ‘आरआरआर’ रिलिज हुँदै

फिल्म । यो वर्ष साउथ इन्डियन फिल्मले बलिउडलाई समेत छायाँमा परिरहेको छ । निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ र यश अभिनीत ‘केजीएफ : च्याप्टर २’ ले विश्वभरबाट एक हजार करोड भन्दा बढीको कलेक्सन गरिसकेका छन् । यी फिल्महरू प्रति दर्शकले देखाएको क्रेजले बलिउडलाई समेत सोच बाध्य बनाइरहेका छन् । यस वर्ष रिलिज भएका कुनै पनि बलिउड फिल्मले लगानी समेत उठाउन सकेको छैन । हलमा अझै प्रदर्शनरत फिल्म आरआरआर र केजीएफ २ को ओटीटी रिलिजको चर्चा बढ्दो छ । यद्दपी चर्चाकै बीच फिल्म ओटीटीमा पनि आउने भएको च । ‘केजीएफ : च्याप्टर २’ अमेजन प्राइम भिडियोमा रेन्टमा उपलब्ध भइसकेको छ भने अर्को प्रतिक्षित फिल्म ‘आरआरआर’ आउँदो महिना जुनमा स्ट्रिमिङ हुनेछ ।

बक्स अफिसमा नयाँ नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘आरआरआर’ ओटीटीमा आउँदो महिना जुनको २ गते रिलिज हुनेछ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा नै २ सय २३ करोड कमाइ गरेर रेकर्ड बनाएको फिल्मलाई दर्शकले नेटफ्लिक्स र जी फाइभमा हेर्न पाउनेछन् । फिल्मलाई हिन्दी भाषामा नेटफ्लिक्स र तामिल , तेलुगु , कन्नडा र मलयालम भाषाको भने जी फाइभमा हेर्न पाइने छ । हिन्दी बाहेकका अन्य भाषामा रहेको फिल्म यहि महिना मेकै २० तारिखमा उपलब्ध हुने भनिएता पनि जुन महिनामा मात्र आउने भएको छ ।

दर्शकमा फिल्म प्रति रहेको क्रेजलाई कायमै गर्न ‘आरआरआर’ लाई ओटीटीमा ल्याउन लागिएको निर्माण पक्षले बताएका छन् । ‘बाहुबली’ को सिरिजबाट राम्रै चर्चा कमाएका निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ प्रतीक्षित थियो । बाहुबलीको सिरिजपछि निर्देशक राजामौलीबाट दर्शकले ‘नेक्स्ट लेभल’ को फिल्म अपेक्षा गरे । यो स्वाभाविक पनि हो ।बाहुबलीको ह्याङ मेटाउन निर्देशक सफल भएकै कारण दर्शकले फिल्मलाई मन पराए । फिल्ममा निर्देशक राजामौली त छन् नै साथमा साउथ इन्डियन फिल्मका दुई स्टार जुनिएर एन्टीआर र राम चरण पनि भएकाले पछिल्लो समय साउथमा एउटा हिरोलाई नै लिएर विशाल फिल्म बनाएको पाइन्छ । फिल्मले सन् १९२० को पृष्ठभूमिमा ब्रिटिसविरुद्ध लड्ने क्रान्तिकारीको कथा प्रस्तुत गर्छ । ब्रिटिशले एउटा गाउँ कब्जा गरेपछि गाउँले विद्रोही र ब्रिटिस राजमा सिपाही कसरी एक अर्काको साथी बन्छन् र ब्रिटिसविरुद्ध लड्छन् भन्ने फिल्मको मुख्य कथा हो ।

कमेन्ट गर्नुहोस्