फिल्म । निर्देशक शोभित बस्नेतको निर्देशनमा तयार भइरहेको फिल्म ‘पीआर’ को दोस्रो चरणको छायांकन नेपालमा सकिएको छ । कास्की जिल्लाको रमणीय धम्पुसबाट सुरु भएको फिल्मको बाँकी छायांकन पोखरा, चितवन लगायतका स्थानमा पनि दृश्यहरू कैद गरेपछि सकिएको हो । यसअघि फिल्मको ६० प्रतिशत छायांकन अष्ट्रेलियामा सम्पन्न भएको थियो ।
सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भइरहेको ‘पीआर’ मा नीर शाह, गौरी मल्ल, रबिन्द्र खड्का, उत्तम केसी, आर ए सुरज पौडेल, राजन कुँवर, विनिता कार्की, पूजा चौधरी, बिमला खत्री, आस्मा अधिकारी, कुशल थापा, गणेश बुढाथोकी, कृष्ण थापा, म्याक्स र नवीन घायल लगायतका कलाकारहरूको अभिनय रहेको छ ।
यसको निर्मातामा प्रदीप दाहाल र लक्ष्मण सापकोटा रहेका छन् । फिल्ममा मानस राज र भिम बिसीको संगीत, रामजी लामिछानेको नृत्य, निर्देशक बस्नेतकै कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहेको छ ।
यसमा सौरभ मानन्धर (अस्ट्रेलिया) र सौरभ लामा (नेपाल) को छायांकन रहनेछ भने बन्दे प्रसादले सम्पादनको जिम्मा लिएका छन् । रामजी राउत, गणेश बुढाथोकी र मणि तामाङ मुख्य सहायक निर्देशकको रूपमा कार्यरत छन् भने केवल मान सिंह बस्नेत निर्माण व्यवस्थापक रहेका छन् ।











