शेर्पा मलमा ‘लुक्स’

511 Shares

सौन्दर्य । राजधानी स्थित दरबार मार्गमा लुक्स युनिसेक्स ब्युटी पार्लर संचालनमा आएको छ । आज एक कार्यक्रमको आयोजना गर्दा पार्लरको उद्घाटन गरिएको हो । केहि समय अगाडीबाट सेवा दिईरहेको पार्लरलाई निर्देशक दिपाश्री निरौला,नायिकाहरु पूजा शर्मा र वर्षा राउत र नायक आकाश श्रेष्ठले संयुत रुपमा एइवन काट्दै उद्घाटन गरेका हुन् ।

‘लुक्स युनिसेक्स व्युटि पार्लर’मा महिला तथा पुरुषको लागि सम्पूर्ण सौन्दर्य सम्बन्धी सेवा तथा सुविधा प्रदान गरिने सञ्चालक सुमित मैनालीले जानकारी दिए । उनले कलाकारको लागि स्पटमै सेवा उपलब्ध गराउने पनि बताए । कलाकार तथा निर्देशक निर्मल शर्माले आफु सेवाबाट सन्तुष्ट भएको बताए । उपस्थित सम्पूर्ण कलकारले सफलताको शुभकामना दिएका थिए ।

कमेन्ट गर्नुहोस्