‘म जहाँ जन्मिए त्यो नत घर थियो, न डेरा’

फिल्म । अभिनेत्री केकी अधिकारीले आफ्नो डेराका विषयमा कुराकानी गरेकी छिन् । उनको प्रदर्शनकको तयारीमा रहेको फिल्म ‘के घर के डेरा घर नं २’ को प्रदर्शनको मिति नजिकिदै गर्दै केकीले सामाजिक सञ्जालमार्फत घर र डेराको विषयमा कुराकानी गरेकी हुन् । उनका पिता नाट्यकर्मी, कलाकार तथा निर्देशक बद्री अधिकारी हुन् ।

विराटनगबाट काठमाडौँ आएका बद्रीले बौद्धस्थित दोर्जे स्कुलमा पठनपाठन गर्न थाले । उनी त्यहाँको होस्टल इन्चार्जसमेत भए । त्यहीँ जन्मिएकी हुन् केकी । त्यो स्थान उनको लागि न घर थियो न डेरा ।

‘दोर्जे स्कुल आएको एक वर्षमा म जन्मिएकी हुँ, त्यहाँ हामीले पे गरेर बसिरहेका थिएनौं, बाबाले पढाएवापत हामीले पाएको अपार्टमेन्ट थियो । त्यो मेरा लागि न घर थियो, न डेरा’, केकीले भनिन् ।

दोर्जे स्कुल बसाइ पनि लामो भएन । त्यहाँ दुई वर्ष काम गरेपछि आरुबारीमा आफ्नो परिवारको सहयोग लिएर बद्री आफैंले बाल सिर्जनालय स्कुल स्थापना गरे । त्यहाँ नै केकीले डेराको बसाइँ महसुस गरिन् ।

‘भन्नलाई त्यो हाम्रो डेरा थियो, तर हामीले धेरै भएकाले हाम्रो घर जस्तै थियो । हामी घरबेटी भएको महसुस हुन्थ्यो, म बच्चा भएकाले पनि मैले त्यहाँ आफ्नै घर महसुस गरें’, केकीले भनिन् ।

त्यहाँ लगभग १५ वर्ष विताएपछि घर बनाएर सरेको केकीले बताइन । त्यसकारण उनलाई घर र डेरा उस्तै भयो । उनले फिल्ममा आफूले निर्वाह गरेको भूमिकाको विषयमा भने खुलाएकी छैनन् ।

दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको उक्त फिल्ममा केकीसँगै खगेन्द्र लामिछाने, आर्यन सिग्देल, उपासना सिंह ठकुरी, निश्चल बस्नेत लगायतका कलाकारले अभिनय गरेका छन् । फिल्म जेठ २ मा प्रदर्शन हुँदैछ ।

कमेन्ट गर्नुहोस्