‘प्रेमको जीत’ मा आर्यन र अश्विनी

सङ्गीत । गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको स्वर रहेको ‘प्रेमको जीत’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। प्रेम, रोमान्स र विरहलाई समेटिएको यस गीतमा अभिनेता आर्यन सिग्देलको प्रभावशाली अभिनय देख्न सकिन्छ।

फिल्मी शैलीमा निर्माण गरिएको करिब ८ मिनेट लामो वियोगान्त भिडियोमा आर्यनसँगै गायक शंकर श्रेष्ठ र मोडल अश्विनी शाहीको अभिनय पनि प्रस्तुत गरिएको छ। भिडियोमा प्रेम, रोमान्स र विछोडका भावनालाई बलिउड शैलीमा चित्रण गरिएको छ।

निर्देशक केशव राज भट्टले भिडियोमा मोडल अश्विनी शाहीलाई बोल्ड अवतारमा प्रस्तुत गरेका छन्। लिखु सहयात्रीको शब्द तथा संगीत रहेको गीतमा विषम आचार्यले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका छन्।

करण चैसरको छायांकन रहेको भिडियोको सम्पादन तथा रङ संयोजन मिलन विश्वकर्माले गरेका हुन्। उक्त भिडियो गायक शंकर श्रेष्ठकै आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

कमेन्ट गर्नुहोस्