‘एन्टिबायोटिक खाउला’ मा बोल्ड प्रियंका (भिडियो)

फिल्म । नेक्स्ट शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘दाल भात तरकारी’ मा समावेश आइटम गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘एन्टिबायोटिक खाउला’ बोलको गीतमा हरिवंश आचार्यको शब्द, शम्भुजित बास्कोटाको संगीत, मिना निरौलाको स्वर रहेको छ । सार्वजनिक गीतमा प्रियंका कार्कीसँगै शिवहरी पौडेल , रविन तामाङ , शिशिर बांग्देल लगायत पनि फिचर्डछन् ।

भिडियोमा प्रियंकालाई बोल्ड अवतारमा प्रस्तुत गरिएको छ । गीतमा कोरियोग्राफी कविराज गहतराजको रहेको छ भने यसलाई चितवनमा छायाँकन गरिएको हो । प्रियंकाले आफु टिमसँग जोडिन पाउँदा खुसि लागेको बताएकी छिन । ‘यो टिमसँग जोडिन पाउँदा निकै खुसि लागेको छ’ प्रियंका भन्छिन् ‘गीतलाई जाडोमा छायाँकन गरेका हौ , त्यसबेला भएका दुखलाई यतिबेला प्राप्त गर्ने कमेन्टले बिर्साएको छ ।’

उनि छायाँकनकै क्रममा बेहोस समेत भएकी थिइन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा, बर्षा राउत, शिवहरी पौडेल , बसुन्धरा भुषाल, किरण केसी लगायतका कलाकारको मुख्य भूमिका छ । हरिवंश आचार्यको लेखन रहेको फिल्मलाई सुदन केसीले निर्देशन गरेका हुन् । यसै फिल्म मार्फत सुदनले निर्देशनमा डेब्यु गर्दैछन् । मह संचारको प्रस्तुतिमा तयार भएको फिल्मलाई किरण केसीले निर्माण गरेका हुन् ।

कमेन्ट गर्नुहोस्