रजनीकान्त र अजितमा कसको फिल्म अगाडी ?

फिल्म । गत जनवरी १० मा साउथ इन्डियाको दुई फिल्म रिलिज भए । सुपरस्टार रजनीकान्त अभिनित पेट्टा र अजित अभिनित विश्वासम । यी दुवै फिल्म साउथको लागि महत्वपूर्ण थियो । रजनीकान्तको फिल्मलाई निर्माण कम्पनि सुन पिक्चर्सले तमिल , तेलुगु र हिन्दी सहित तिन भाषामा रिलिज गरेको थियो भने अजितको फिल्म तमिलमा मात्र रिलिज भएको थियो । यी दुवै फिल्म एकसाथ रिलिज भएपछी कसको फिल्मले कति ब्यापार गर्छ ? यसको कौतुहलता दर्शकलाई मात्र होइन फिल्म मेकरलाई पनि थियो ।

रजनीको फिल्मले दुई दिन साढे ३५ करोड बराबरको ब्यापार गर्न सफल भएको छ । यसफिल्ममा रजनी अघिल्लोको तुलनामा फरक देखिएका छन् । उनको लुक्सलाई लिएर चर्चा बढ्दो छ । फिल्ममा उनि दुई अवतारमा प्रस्तुत भएका छन् । यसैगरी अजितको फिल्मले दुई दिन मात्र तमिल भाषा साढे ३३ करोडको ब्यापार गरेका छन् । उनको फिल्मलाई एक भाषामा मात्र रिलिज गरिएको थियो । तर पनि अजितको फिल्मले रजनीको फिल्मको कमाईलाई पछ्याएको छ ।

कमेन्ट गर्नुहोस्