स्वतन्त्रता दिवसमा ‘साहो’

फिल्म । अन्तत प्रतिक्षित फिल्म ‘साहो’ले रिलिज डेट घोषणा गरेको छ । पछिल्लो समय ‘बाहुबली’ सेरिज मार्फत चर्चामा रहेका एक्टर प्रभास अभिनित यस फिल्मलाई दर्शकले स्वतन्त्रता दिवसको अवसरमा अर्थात् सन् २०१९ को अगस्ट १५ मा हेर्न पाउनेछन् । निर्माण पक्षले हालै यसबारे जानकारी गराएको छ ।

प्रभासको जन्मोत्सवको अवसरमा निर्माण पक्षले सार्वजनिक गरेको मेकिङ भिडियोले चर्चा पाएपछि निर्माण टिमले टिजर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । फिल्मको एक्सनलाई केनी बेट्सले निर्देशन गरेका हुन् ।

मिसन इम्पोसिबल र ट्रान्सफर्मर जस्ता हलिउड फिल्म मात्र होइन केनीले साउथकै ‘२.०’ को एक्सन पनि कोरियोग्राफ गरिसकेका छन् । प्रभास भएकै कारण फिल्म प्रतिक्षित बनिरहेको छ भने यसमा श्रद्धा कपूर पनि छिन । सुजीथको निर्देशनमा तयार भईरहेको यो फिल्म साउथको तमिल र तेलगुसंगै हिन्दि भाषामा पनि रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्