अजयको फिल्ममा सलमान र शाहरुख पनि ?

फिल्म । पछिल्लो समय बलिउडमा स्टारहरु एकअर्कालाई सपोर्ट गरिरहेका छन् । एउटा स्टार अर्को स्टारको फिल्ममा देखिदा फाइदा हुने भएकोले पछिल्लो समय केमियो गर्ने वा गराउने प्रचलन बढ्दो छ । गत वर्ष रिलिज भएको फिल्म ‘जिरो’ मा सलमान खान , जुही चावला , आलिया भट्ट , दीपिका पादुकोण , श्रीदेबी लगायत देखिएका थिए भने गत वर्षनै रिलिज भएको अर्को फिल्म ‘सिम्बा’ मा पनि अजय देवगन र अक्षय कुमार देखिएका थिए ।

यसले फिल्मको हाइप बढाउँन मदत गरेको थियो । यहि शिलशिलाले अजय देवगनको फिल्म ‘दे दे प्यार दे’ मा पनि निरन्तरता पाउने भएको छ । अजय देवगन , रकुल प्रीत , तबु र जिमी शेरगिलको मुख्य भूमिका रहने फिल्ममा शाहरुख खान , सलमान खान र आलिया भट्ट पनि देखिनेछ ।

यी स्टारलाइ केमियो गराएका अजयले फिल्ममा रहेको आफ्नो लुक समेत सार्वजनिक गरेका छन् । अकिव अलिको निर्देशनमा तयार भईरहेको फिल्मलाई सफल निर्देशक लभ रंजनले लेखेका हुन् । रोमान्टिक ड्रामा मार्फत चर्चामा आएका लभ रंजनले यसमा सह निर्माताको रुपमा समेत आबद्धता जनाएका छन् । फिल्म मार्च १५ मा रिलिज हुनेछ ।

कमेन्ट गर्नुहोस्