‘पठान’ले राख्यो कीर्तिमान

बलिउड। फिल्म ‘पठान’ले रिलिजको अघिल्लो दिनसम्ममा ५० करोड बराबर टिकट बिक्री गर्दै कीर्तिमान कायम गरेको छ । ५ दिनअघि बुकिङ खोलेको फिल्मले चौथो दिन आइपुग्दासम्म भारत ४ लाख १९ हजार टिकट बिक्रि गरेको हो ।

‘पठान’भन्दा अघि ‘केजीएफ २’ र ‘बाहुबली २’ छन् । ‘केजीएफ २’ले रिलिजअघि ५ लाख १५ हजार टिकट बिक्री गरेको थियो भने ‘बाहुबली २’ले ६ लाख ५० हजार । एक दिन बाँकी रहेकाले ‘पठान’ले ‘केजीएफ २’को रेकर्ड भेट्न सक्ने अनुमान गरिएको छ । फिल्मको टिकट बिक्रीको तथ्यांक हिसाब किताब गर्ने स्क्यानिल्कका अनुसार फिल्मले पहिलो दिन २३ करोड बराबरको टिकट बेचेको हो भने दोस्रो दिन १३ करोड बराबरको । तेस्रो दिन पनि १३ करोड बराबरकै टिकट बेचेर फिल्मले प्रिरिलिजमा ५० करोडको आँकडा छोएको हो ।

बलिउडको ठुलो कम्पनि यशराज फिल्म्सले आफ्नो सफल स्पाइ क्यारेक्टरलाई लिएर ‘स्पाइ युनिभर्स’ क्रिएट गरेको हो । टाइगर सिरिज र वारको सफलतापछि यशराज फिल्म्सका आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरेको हो । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरुख खान , जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् । यसमा सलमान खानलाई दर्शकले टाइगर अवतारमा देख्न पाउनेछन् । ऋतिक रोशन समेत फिल्ममा देखिने चर्चा भएता पनि यसको पुष्टी भएको छैन।

कमेन्ट गर्नुहोस्