‘३६ को आँकडा’ मा महेश

फिल्म । आजदेखि छायांकन सुरु भएको फिल्म ‘३६ को आँकडा’ मा अभिनेताको रुपमा महेश त्रिपाठी अनुबन्ध भएका छन् । आफ्ना अभिनय क्षमतामार्फत दर्शकको मन जितिरहेका महेशले सविर श्रेष्ठको निर्देशनमा बन्ने फिल्ममा अभिनेत्री रेखा थापाको जोडी भएर काम गर्ने चर्चा छ । फिल्मलाई रेखाले निर्माण गर्दैछिन् ।

काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने ‘३६ को आँकडा’ ले दिदी–बहिनीको सम्बन्धलाई हास्य शैलीमा प्रस्तुत गर्ने बताइएको छ । यद्यपि, कथावस्तुको विस्तृत जानकारी निर्माण पक्षले खुलाएको छैन ।

यसका साथै फिल्ममा अभिनेत्री पुजा शर्मा र पुष्प खड्काको पनि अभिनय रहनेछ । अभिनेता खड्का दुई वर्षपछि ठूलो पर्दामा फर्किंदै छन् । उनले अभिनेत्री शर्मासँग पहिलोपटक जोडी बाँध्न लागेका छन् ।

कमेन्ट गर्नुहोस्