सर्‍यो ‘एक्टर: टेक वन’

फिल्म । अदृत फिल्मस् र मोती फिल्मस्ले संयुक्त रूपमा निर्माण गरेको फिल्म ‘एक्टर: टेक वन’ को प्रदर्शन मिति हेरफेर गरिएको छ। पूर्व निर्धारित मिति कार्तिक १५ (अक्टोबर ३१, २०२४) मा सार्वजनिक प्रदर्शनमा ल्याउने योजना भए पनि, मानवीय र प्राविधिक समस्याका कारण सो मिति स्थगित गर्दै माघ १६, २०८१, बुधवारका दिन प्रदर्शन हुने निर्माण पक्षले घोषणा गरेको छ ।

निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षले यो निर्णयले वितरक, फिल्म प्रेमी दर्शकहरू, र अन्य सरोकारवालाहरूमाझ असुविधा पुगेकोमा क्षमा माग्दै नेपाली फिल्मलाई निरन्तर माया गर्ने दर्शकहरूलाई समर्थन र धैर्यता देखाउन आग्रह गरेको छ।

कमेन्ट गर्नुहोस्