करणले ल्याए ‘तिम्रै माया लाग्छ’

सङ्गीत । द भ्वाईस अफ नेपालको चौथो सिजनका विजेता गायक करण राईले नयाँ गीत ‘तिम्रै माया लाग्छ’ सार्वजनिक गरेका छन् । समाजसेवी तथा युवा उद्यमी कर्ण गुरुङको प्रस्तुती रहेको गीतमा शब्द तथा संगीत डम्बर नेपालीको रहेको छ । त्यस्तै महाराज थापाको एरेञ्ज रहेको छ, भने देबेश राईको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

शान थापाले निर्देशन गरेको म्युजिक भिडियोमा गायक स्वयम करण र मोडल पुर्णिका सिजापतीको अभिनय रहेको छ । एक प्रेमिल जोडीको कथा प्रस्तुत गरिएको म्युजिक भिडियोमा करण र पुर्णिकाको रोमान्स देख्न सकिन्छ ।

‘मेरो गीत–संगीतको यात्रामा माया गर्ने प्रेमिल जोडीहरुमा समार्पित हुनेछ यो गीत’, करणले भने । टिस्टुङको मनोरम दृश्यमा सुटिङ गरिएको शानद्धरा निर्देशित म्युजिक भिडियोमा रोशन विश्वकर्माको कोरियोग्राफी रहेको छ । अर्जुन तिवारीको सिनेमाटोग्राफी रहेको भिडियोलाई सुप्रिम पराजुलीले एडिट तथा कलर गरेका छन् । अनुस्का पौडेलको कस्ट्युम रहेको भिडियोमा सरिता मगरको मेकअप रहेको छ ।

कमेन्ट गर्नुहोस्