‘महाभोज’ मा हेरफेर

फिल्म । दिनेश राउतको निर्देशनमा तयार हुने फिल्म ‘महाभोज’ को प्रि- प्रोडक्सनको काम केहि समय यता चलिरहेको छ । निर्देशक राउतले आठौँ फिल्ममा कलाकारको राम्रो भेला गरेका छन् । फिल्मको घोषणामा निर्माण पक्षले दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, मिरुना मगर, अञ्जना बराइली, मलिका महत, अनुपविक्रम शाही, बुद्धि तामाङ, र कमलमणि नेपालजस्ता चर्चित कलाकारहरूको अभिनय रहने जनाएको थियो ।

तर, अहिले यसको लाइनअपमा हेरफेर भएको छ । यो फिल्ममा मिरुना मगरको भूमिकामा गौमाया गुरुङ भित्रिएकी छिन् । निर्देशक राउतले फिल्मको कलाकारसँग पटकथाको विषयमा परामर्श गरिरहेका छन् । उनले सार्वजनिक गरेको उक्त तस्वीरमा मिरुना देखिएकी छैनन् । तर, गौमायाको ‘इन्ट्री’ भएको छ । यस विषयमा निर्माण पक्षसँगै अभिनेत्री मगर केही प्रतिक्रिया दिएकी छैनन् ।

सर्वसाधारणको जीवन र भरोसामाथि खेलबाड गर्नेहरू विरुद्धको विद्रोही अभियान रहेको बताइको फिल्मको छायांकन आउँदो माघको पहिलोसातादेखि हुने जनाईएको छ ।

कमेन्ट गर्नुहोस्