फिल्म । रजनिकान्त अभिनित सुपरहिट फिल्म ‘जेलर’ को सिक्वेल बन्ने भएको छ । यसको घोषणा निर्माण पक्षले हालै सामाजिक सञ्जालमार्फत गरेका छन् । माघेसंक्रान्तिको अवसरमा घोषणा गरिएको फिल्मलाई नेल्सन दीलिपकुमारले निर्देशन गर्नेछन् ।
सन टिभीले निर्माण गर्ने फिल्ममा अनिरुद्ध रविचन्द्रको संगीत रहनेछ । फिल्मको टाइटल टिजर घोषणा गरिएता पनि यसको कलाकारको विषयमा जानकारी गराइएको छैन । फिल्म यो वर्ष छायांकन हुने र आउँदो वर्षसम्ममा प्रदर्शन हुने अनुमान गरिएको छ ।
कमेन्ट गर्नुहोस्