फिल्म । अन्तत केहि समयको प्रतीक्षा पश्चात साउथ इन्डियन फिल्मका ठुला स्टार प्रभास र बलिउडकी दीपिका पादुकोणको अभिनय रहने फिल्म घोषणा भएको छ । केहि समय यता हल्लामै सिमित रहेको जानकारीलाई स्वयम् कलाकारहरुले नै आधिकारिकता दिईसकेका छन् ।
नाग अश्विनले बनाउन लागेको फिल्ममा उनीहरु एउटै पर्दामा देखिने भएका हुन् । यसअघि पनि प्रभाषका शुभचिन्तकहरुले बलिउडका चर्चित अभिनेत्रीहरुसँग अभिनय गर्न सुझाव र सल्लाह दिने गरेका थिए । निर्देशक अश्विनको नयाँ फिल्ममा प्रभाष र दीपिका सँगै अभिनय गर्नेलाइ तेस्रो विश्वयुद्धको सेरोफेरोमा तयार पारिने बुझिएको छ ।
यो प्रभाषले अभिनय गर्न लागेको २१ औं फिल्म हो । बलिउडकी सुपरस्टार नायिका दीपिका पादुकोण र साउथका सुपरस्टार प्रभाष एकसाथ पर्दामा देखिन लागेपछि फ्यानको उत्साह पनि बढेको छ । फिल्मलाई सन् २०२२ मा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । हिन्दी, तमिल र तेलुगु भाषामा फिल्मलाई दर्शकले हेर्न पाउनेछन् ।
(एजेन्सी)










