संगीत । गायिका मेचु धिमाल र गायक विकास लिम्बुको स्वरमा ‘पानी कलल’ बोलको नयाँ पुर्वेली भाकाको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा लेखु सहयात्रीको शब्द तथा करणराज कार्कीको संगीत समावेश छ ।
सार्वजनिक गीतको भिडियोमा पनि गायकद्वय मेचु र विकास आफैँ फिचर भएका छन् । मेचुकै निर्देशन तथा कन्सेप्टमा भिडियो तयार भएको छ । भिडियोलाई पेटेर गुरुङले खिचेका हुन् भने विष्णुहरी तिमल्सिनाले सम्पादन तथा कलर गरेका छन् ।
कमेन्ट गर्नुहोस्












