शिर्षगीतमा शक्ति र कविता (भिडियो)

फिल्म । आउँदो माघेसंक्रान्तिमा प्रदर्शनमा आउने फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक भएको छ । मंगलवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा बसन्त सापकोटाको संगीत, विश्व नेपाली र अस्मिता परियारको स्वर र सुष्मा रुपहाङ्ग राईको शब्द रहेको छ । सार्वजनिक गीतमा डेब्यु अनुहारहरु कविता मानन्धर र शक्ति श्रेष्ठ फिचर छन् ।

कविता, अभिनेत्री करिश्मा मानन्धरकी छोरी हुन् भने शक्ति, अभिनेता शिव श्रेष्ठका छोरा हुन् । फिल्ममा शिव श्रेष्ठ, प्रियंका कार्की, आयुष्मान देशराज जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, मिथिला शर्मा, नरेन खड्कालगायतको पनि अभिनय छ । फिल्मको निर्देशन दिपेश सापकोटाले गरेका हुन् । शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मको सह-निर्मातामा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापामगर र तारा तुलाधर रहेका छन् । फिल्मलाई उपत्यकामा विके फिल्मस् र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।

कमेन्ट गर्नुहोस्