सलमानको ‘भारत’ ट्रेलर रिलिज (भिडियो)

76 Shares

फिल्म । बलिउडका भाइजान सलमान खान अभिनित फिल्म ‘भारत’ को ट्रेलर सार्वजनिक भएको छ । अलि अब्बास जफर निर्देशित फिल्म यसै वर्षको इदमा दर्शकले हेर्न पाउनेछन् , जसमा सलमान विभिन्न गेटअपमा छन् । सार्वजनिक ट्रेलरमा फिल्मको टाइटललाई प्रस्ट्याईएको छ भने सलमानले नै न्यारेट गरेका छन् । फिल्ममा उनले भारतलाई प्रस्ट्याएका छन् । सलमानको भिन्न भिन्न लुक्सलाई देखाइएको ट्रेलरमा उनिसँगै बदलिदो ट्रेलरलाई देखाइएको छ ।

‘भारत’ कोरियन फिल्म ‘ओड टू माई फादर’ मा आधारित रहेको बताइएको छ । सलमान र निर्देशक अलि अब्बास जफरको भने यो तेस्रो सहकार्य हो । कट्रिना कैफ, सुनील ग्रोवर, दिशा पाटनी , ज्याकी श्राफको पनि फिल्ममा लिड रोल छ । पछिल्लो समय सलमानले अभिनय गरेकोमा यो निकै फरक छ ।

Facebook Comments