युट्युबमा ‘हिटलर’ (भिडियो)

फिल्म । कमेडी जनरमा निर्माण गरिएको फिल्म ‘हिटलर’ युट्युबमा सार्वजनिक भएको छ । अष्टनारायण पिक्चर्सको निर्माण तथा सौरभ ढकालको निर्देशन रहेको फिल्म शुक्रबार सार्वजनिक भएको हो । यसमा सोहित मानन्धर , मेनुका प्रधान, सामिया बर्तौला, अर्जुन गुरुङ(भँगेरी) र दिवस धिताल लगायतका कलाकारको अभिनय छ ।

फिल्ममा लोचन घिमिरेको संगीत, सनुप पौडेल र आकांक्षा बस्यालको स्वर, कृष्ण अछामीको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, अर्जुन राज पौडेलको छायांकन छ । किचमान चित्रकारको कन्सेप्ट र कथा रहेको फिल्ममा बुद्धरत्न मानन्धर, त्रिरत्न मानन्धर, रामवीर मानन्धर, मनिकराम मानन्धर कार्यकारी निर्माता, चिनिमाया मानन्धर निर्माता छन् ।

कमेन्ट गर्नुहोस्