सौन्दर्य । ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को स्विम वेयर राउन्डको नतिजा सार्वजनिक गरिएको छ । स्विम वेयर राउण्डमा सहभागी २९ प्रतिष्पर्धीलाई पछि पार्दै सजिना खनाल, आयुश्नोभा ढुंगाना,अदिती श्रेष्ठ, मोनिका अधिकारी, सस्कृति भट्ट, समिका शेरचर र श्रद्धा अधिकारी विजयी घोषणा भए । पुरुष तर्फ अर्विन गुरुग, मनिष श्रेष्ठ, मिलन भट्टराई, धिरोज काजी बस्नेत र क्षितिज श्रेष्ठ रहेकाछन् ।
नेशनल डाइरेक्टर सन्तोष उपाध्याय, मिस सुप्रानेशनल २०२३ समा पराजुली, मिस ग्लोब २०२३ रोशनी चन्द, मिस्टर इन्टरनेशल २०२२ मानस राई, स्टाइलिस स्मित तामाङसहित उज्वल के जोशी यस राउन्डको निर्णायक थिए ।
प्रतियोगितामा विजेताहरुलाई ५ लाख बराबरको गिफ्ट ह्याम्परका साथै मिडिया एक्स्पोजर र नेपालको प्रतिनिधित्व गर्न मिस्टर एण्ड मिस सुप्रा नेसनल नेपाल २०२४ लाई पोल्यान्ड, मिस्टर इन्टरनेसनल नेपाल २०२४ लाई थाइल्यान्ड, मिस ग्लोब नेपाल २०२४ लाई अल्बानिया र मिस इन्टर कन्टिनेन्टल नेपाल २०२४ लाई इजिप्ट पठाइने आयोजकले जनाएको छ ।