आर्यन र नम्रताबाट प्रभावित हुन्छिन् साम्राज्ञी

फिल्म । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफुलाई नम्रता श्रेष्ठ मन पर्ने बताएकी छिन् । उनले नम्रताको पहिलो फिल्म ‘सानो संसार’ नै हेरेको थिइन् । ‘उँहाले जसरी आफुलाई मेन्टेन गर्नु भएको छ , त्यो प्रसंशनीय छ । नत उँहाको चमकमा कमि आएको छ न अभिनय गर्ने क्षमतामा’ साम्राज्ञीले भनिन् । यिनै कारणले नम्रताले उनलाई प्रभावित बनाइरहेको बताइन ।

यसैगरी साम्राज्ञीले अभिनेता आर्यन सिग्देलसँग धेरै सिकेको बताइन । फिल्म ‘काइरा’ मा आर्यनसँग काम गरेकी साम्राज्ञीले उनको अभिनयको तारिफ गरिन् । ‘उँहाले गर्ने अभिनयको त म फ्यान नै हुँ । यसैगरी उँहाले मलाइ धेरै सिकाउनु भएको छ । मैले गर्ने अभिनयमा उँहाले धेरै सुझाउनु भएको थियो’ साम्राज्ञीले भनिन् । उनले आर्यनलाई रेस्पेक्ट गर्ने पनि खुलाइन ।

उनि पछिल्लो समय एक फिल्ममा अनुबन्धित भएको खबर आएको छ । यद्दपी कोरोना भाइरसले सिर्जित अवस्था अनुकुल नभएसम्म फ्लोरमा जाने सम्भावना छैन ।

कमेन्ट गर्नुहोस्