‘मन्द -मन्द’ घोषणा

फिल्म । केहि समय अगाडी निर्देशन नवल नेपालको निर्देशन तथा पुष्प खड्काको अभिनय रहने गरि फिल्म ‘मन्द-मन्द’ घोषणा भएको थियो । औपचारिक घोषणा नभएता पनि तयारी थालिएको थियो । तर , त्यसपछि नवलले पुष्पलाई लिएर फिल्म ‘मारुनी’ छायाँकन लगभग सकाए । त्यस बीचमा मन्द मन्दलाई लिएर विभिन्न खबर पनि नआएका होइनन् तर यतिबेला नयाँ टिमसँगै फिल्म निर्माण घोषणा भएको छ ।

राजबहादुर सानेको निर्देशनमा सस्पेन्स कथामा फिल्म निर्माण हुने भएको छ । निर्देशक सानेकै कथामा आधारित भएर बन्ने फिल्ममा विनय श्रेष्ठ, प्रमोद अग्रहरि र रविन्द्र झा अनुबन्धित भइसकेका छन् भने केही कलाकार छनोट कार्य हुँदैछ । फिल्मको छायांकन बैशाख तेस्रो साताबाट हुने बताइएको छ । रुद्राक्ष फिल्मस्को ब्यानरमा बन्ने फिल्मको कार्यकारी निर्मातामा रुद्र खनाल छन् ।

टेकराज रेग्मी र कमल गिरी निर्माता रहेको फिल्मको छायांकन काठमाडौं, नारायणघाट, बुटवल, कोहलपुर, सुर्खेत, कालिकोट, जुम्ला र मुगुमा हुने निर्देशक सेनले जानकारी दिए । दिब्यराज सुबेदीले फिल्म खिच्नेछन् । फिल्मका गीतको कोरियोग्राफर रामजी लामीछाने छन् । ‘मन्द–मन्द’ मा नेपाली समाजमा विद्यमान बेथितिको विषयलाई मनोरञ्जनात्मक तवरले प्रस्तुत गरिने निर्देशक साने बताउँछन् ।

कमेन्ट गर्नुहोस्